सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « Nagarik Khabar

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो ।

नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: