नेपालले कीर्तिपुरमा ओमन र अमेरिकासँग ओडिआई खेल्ने « Nagarik Khabar

नेपालले कीर्तिपुरमा ओमन र अमेरिकासँग ओडिआई खेल्ने



काठमाडौँ । नेपालले घरेल मैदानमा आउँदो माघमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ । एक दिवसीय मान्यता पाएको झन्डै दुई वर्षपछि नेपालले घरेलु मैदानमा त्रिकोणात्मक क्रिकेट खेल्न लागेको हो ।

ईन्टरनेशनल क्रिकेट काउन्सील (आइसीसी)को क्रिकेट वल्र्ड कप लिग दुईको तालिका अनुसार नेपाल, ओमन र अमेरिकाबीच कीर्तिपुरमा एक दिवसीय त्रिकोणात्मक श्रृङ्खला हुन लागेको हो । आईसीसीले मंगलबार सार्वजनिक गरेको कार्यतालिका अनुसार त्रिकोणात्मक श्रृङ्खला फेब्रअरी ५–१२ मा हुनेछ । 

नेपाल सहित ७ राष्ट्रले क्रिकेट वल्र्ड कप लिग दुई अन्तरगत एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सन् २०१९ देखि सन् २०२३ सम्म विश्वकप छनोट प्रतियोगिताको रूपमा पनि यो अवधारणा आइसीसीले नयाँ स्वरूपमा ल्याएको हो ।

कीर्तिपुरको मैदान स्तरउन्नती गर्नुपर्ने आइसीसीको सुझाव भए पनि सोही मैदानमा त्रिकोणात्मक खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले आइसीसीको नयाँ तालिका सार्वजनिक भए अनुसार भौतिक संरचना निर्माणमा पहल थालिने बताए ।

तर, त्यसअघिनै नेपाललाई घरेलु मैदानमै नेदरल्याण्ड्सँग श्रृंखला खेलाउने तयारी आइसीसीको छ । त्यसको मिति र स्थान भने तय भईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: