नेपालमा सहकारी बैंक पनि स्थापना हुने « Nagarik Khabar

नेपालमा सहकारी बैंक पनि स्थापना हुने



काठमाडौं । सरकारले पहिलो पटक सहकारी बैंक गठन गर्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ५ सय १ वटा सहकारी संघ, संस्थालाई मिलाएर सबै प्रदेशमा पहिलो पटक सहकारी बैंक स्थापना हुने गरी ‘सहकारी नियमावली–२०७५’ ल्याएको हो ।

सबै प्रदेशमा रहेका सहकारी संस्थालाई मिलाएर पहिलो पटक सहकारी नियमावली बनाइएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको उपस्थितिमा मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको नियमावलीमा सहकारी संस्थाहरुको स्थापना जनसंख्याको अनुपातमा गर्ने व्यवस्था पनि गरिएको छ ।

गरिवी निवारण गर्ने, रोजगारीको अवसर सृजना गरी मुलुकलाई सहकारी संस्थाहरुमार्फत् पनि समृद्ध नेपाल बनाउने योजनालाई साकार पार्ने उद्देश्यका साथ ल्याएको सो नियमावलीमा महानगरपालिकामा ५ हजार, नगरपालिकामा २ हजार र गाउँपालिकामा ५ सय जनसंख्या भएको ठाउँमा बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न सकिने पनि स्पष्ट व्यवस्था गरिएकोसहकारी विभागका रजिष्ट्रार पाण्डेले जानकारी दिए ।

नियमावलीमा उत्पादक, उपभोक्ता, वित्तिय, श्रमिक र बहुउद्देश्यीय सहकारी मात्रै खोल्न पाउने व्यवस्था पनि गरिएको छ । ५ करोड भन्दाबढि बचत नगर्ने सहकारीलाई ३ वर्ष भित्र एकीकरण गर्ने पनि नियमावलीमा व्यवस्था गरिएको रजिष्ट्रार पाण्डेले बताए ।

नियमावलीमा ५० करोडभन्दा बढि कारोबार भएका सहकारी संस्थाहरुको सहकारी विभाग एक्लैले अनुगमन गर्ने तथा ऋणको व्याजदर ६ प्रतिशतभन्दा बढि हुन नहुने व्यवस्था पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: