सुनका बालासहित विमानस्थलबाट एक जना पक्राउ « Nagarik Khabar

सुनका बालासहित विमानस्थलबाट एक जना पक्राउ



काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करीब रु १० लाख १५ हजार बराबरको सुनका बालासहित प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अवैध रुपमा सुन सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: