यु–१६ क्रिकेट : प्रदेश २ लाई उपाधि « Nagarik Khabar

यु–१६ क्रिकेट : प्रदेश २ लाई उपाधि



काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर दुईले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई चार विकेटले पराजित गर्दै प्रदेश नम्बर दुईले उपाधि जितेको हो ।

कीर्तिपुर स्थित त्रीबि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा नौं विकेट गुमाएर एक सय ३३ रनको योगफल तय गरेको थियो । जवाफमा प्रदेश नम्बर दुईले २६.२ ओभरमा ६ विकेट गुमाउँदै जित निश्चित गरेको हो ।

सुदूरपश्चीमको जितमा प्रारम्भिक ब्याट्सम्यान रोहन दुधराज विकेले सर्वाधिक ३६ रनको योगदान दिए । उनले २१ बलको आफ्नो पालीमा तीन छक्का र तीन चौका प्रहार गरेका थिए । त्यसबाहेक बी पटेलले २८ र निखिल सिंहले २७ रनको योगदान दिए ।

सुदूरपश्चिमका लागि सुवास अयर एक्लैले ४७ रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । सन्दीप बिष्टले थप २८ र आशिस भट्टले २१ रनको योगदान दिएका थिए । सुदूरपश्चिमविरुद्व प्रदेश दुईका निखिल सिंह र बी पटेलले तीन/तीन विकेट लिएका थिए । यस्तै सुदूरपश्चिमका आशिस भट्टले पनि तीन विकेट लिएका थिए ।

सुदूरपश्चिमका सुवास अयर प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । यस्तै आइस भट्टराई प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र दीपक बोहोरा उत्कृष्ट बलर घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: