खोपमा एक अर्ब लगानीः हजारौ बालबालिका खोपबाट वञ्चित « Nagarik Khabar

खोपमा एक अर्ब लगानीः हजारौ बालबालिका खोपबाट वञ्चित



काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको अवस्था छ ।

हाल स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाबाट ११ प्रकृतिका खोप १६ हजार खोप केन्द्रबाट उपलब्ध गराउँदै आएको छ । जनचेतनाको अभावका कारण ग्रामीण क्षेत्रका बालबालिका खेपबाट वञ्चित हुनुपरेको छ भने अर्को्तिर खोप कार्यक्रमबारे जानकारी नहुँदा इँटा भट्टामा काम गर्ने अभिभावकका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको छ ।

खोप कार्यक्रमअन्तर्गत मुलुकका ५६ हजार ७ सय बालबालिकाले यो वर्ष क्षेयरोगविरुद्धको खोप ‘बीसीजी’ लगाउन पाएका छैनन् । त्यस्तै, ६९ हजार ३ सय बालबालिकाले भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार रोगविरुद्धको खोप पेन्टा (डीपीटी, इन्फुलन्जा, हेपाटाइटीस बी) खोप लगाउन पाएका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: