अन्जु पन्तको नयाँ योजना « Nagarik Khabar

अन्जु पन्तको नयाँ योजना



काठमाडौं । सांगीतिक क्षेत्रमा अब्बलता कायम गरेकी गायिका अञ्जु पन्त समाजसेवी पनि हुन् । विभिन्न समारोहमा उनले आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई पाठ्यसामग्री वितरण गर्दै आएकी छिन् ।

पाठ्यसामग्रीको अतिरिक्त जाडो याममा लगाउने लत्ता कपडा समेत वितरण गर्दै आएकी अन्जु अब भने असहायहरुका लागि घर बनाउने अभियानमा जुटेकी छिन् ।

पर्साको सुगौलीमा दुई वर्ष अघि बाढीले घर बगाएपछि अस्थायी टहरो बनाएर बसेका लगभग ३५ परिवारको लागि बस्ति निर्माण गर्ने उनको योजना छ । आजको राजधानी दैनिकको पृष्ठ ४ मा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: