काठमाडौं । धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् ।
वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो ।
घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।
घटना भएको चोलिपल्ट पीडित बालिकाका बुबा महेन्द्रनगर पुगेर इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिए । लगत्तै प्रहरीले राजकुमारलाई पक्राउ गर्यो । सोही क्रममा स्थानीय असइ पदका एक प्रहरीले घटनास्थलको तस्विर खिचिएको मोबाइल नियन्त्रणमा लिएको पीडितका आफन्तले बताएका छन् ।
घटनापछि छोरीको जिवन बर्बा भएको र आफू समाजमा मुख देखाउन नसक्ने अवस्थामा भएको पीडितका बुबाको दुखेसो छ । उनलेले स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण नस्ट गरको बताए । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।