मस्को गएकी पूर्वकुमारीले के के देखिन ? « Nagarik Khabar

मस्को गएकी पूर्वकुमारीले के के देखिन ?



काठमाडौं । पूर्वकुमारी मतिना शाक्य जिन्स प्यान्ट र टिसर्टमा छिन् । मोबाइल खेलाइरहन्छिन्। मस्को भ्रमणको अनुभव सुनाउन आतुर उनी घरि फोटो हेर्छिन, घरि देखाउँछिन्। घरको दोस्रो तलामा बसेकी उनी केही बोल्ने कोसिसमा छिन्। अक्मकाउँदै उनको ओठबाट केही शब्द निस्कन्छन, निकै सानो स्वरमा।

मतिना भर्खरै मस्को यात्राबाट फर्किएकी छन्। कुमारी पदबाट घर फिर्ती भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। या भनौं, जीवनकै पहिलो भ्रमण। नौ वर्षसम्म कुमारी बनेर सामान्य जीवनमा फर्किएपछि उनले लुम्बिनी भ्रमण गर्ने मौका पाएकी थिइन्। अन्य भ्रमणको अनुभव उनीसँग छैन।

मस्को भ्रमणका क्रममा जीवनमै पहिलो पटक उनले प्लेन चढिन्। त्यति बेला थोरै डर र धेरै उत्साहका साथ उनले रोमाञ्चक उडान भरेकी थिइन्। रुसको राजधानी मस्को पुगेपछि मतिनाले रसियाली जनमैत्री विश्वविद्यालयका बारेमा जान्ने मौका पाइन्। विश्वविद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप, संग्रहालय आदि अवलोकन गरिन्।

उनको साथमा बुवा प्रतापमान र आमा सुनिता शाक्यका साथै कुमारीघरका अभिभावक महेन्द्ररत्न शाक्य थिए। वरिपरि रुसी नागरिक, नेपाली विद्यार्थी, विश्वविद्यालयका प्राध्यापकहरूले उनी घेरिएकी थिइन्। अञ्जान मानिससँग बोल्न र घुलमिल हुन अप्ठ्यारो मान्ने मतिनाका लागि यो एक चुनौतीपूर्ण भ्रमण थियो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: