सुर्यमाला र सुरक्षा आमा-छोरी « Nagarik Khabar

सुर्यमाला र सुरक्षा आमा-छोरी



काठमाडौं । निर्देशक दिपेन्द्र के खनालले चलचित्र आमा बनाउने भएका छन् ।

‘आमा’ ले आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् ।

फिल्ममा आमाको क्यारेक्टरमा सुर्यमाला खनाल रहनेछिन् । हालै उनले चलचित्र क्याप्टेनमा नायक अनमोल केसीको आमाको भूमिका निभाएकी थिइन् । छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् ।

आमा टिमले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरेको हो ।

फिल्मको छायांकन निर्देशक खनाल आफैंले गर्नेछन् । चलचित्रको कथा पनि उनकै हो । यसअघि उनले फिल्म धनपति पनि आफैंले खिचेका थिए । चलचित्रको छायांकन काठमाडौं र रामेछापमा हुनेछ । चलचित्रको सह निर्मातामा सन्तोष अधिकारी छन् ।

यसअघि आमा नाममा दुई चलचित्र निर्माण भइसकेका छन् । नेपालकै पहिलो फिल्म मानिने आमाको निर्देशन २०२० मा हिरासिंह खत्रीले गरेका थिए । त्यस्तै २०५१ मा उद्धव पौडेलले निर्माण गरेको चलचित्र आमाको निर्देशन रेसराज आचार्यले गरेका थिए ।

‘द युग देखि युगसम्म’ मार्फत चलचित्र निर्देशनमा प्रवेश गरेका दिपेन्द्रले धर्मा, चपली हाइट, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: