रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्कियो « Nagarik Khabar

रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्कियो



रोल्पा । रोल्पा सहिदमार्गका नामले चिनिने दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्म पुग्ने सडकमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै उप्किएको छ । साढे ३१ किलोमिटर उक्त पहाडी सडकको कालोपत्रे उप्किएपछि दर्जनौं स्थानमा खाल्डाखुल्डी पर्दा यात्रा कष्टकर बन्न पुगेको छ। शील प्यासेफिक ज्वाइन्ट भेन्चर कम्पनीले ४० करोड ८३ लाख रुपैयाँमा सो सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो।

‘यो सडकमा भारतीय एक्जिम बैंकको ऋण सहयोगमा कालोपत्रे गरिएको हे। हाम्रो कार्यालय मातहतको सडक भए पनि निर्माणसँगै सबै कुराको जिम्मा सडक सुधार विकास आयोजनाले लिएको छ’, सहिदमार्ग सडक योजनाका प्रमुख साधुशरण पूर्बेले भने, ‘कालोपत्रे गरिएको एक वर्षसम्म बिग्रिए–भत्के ठेकेदार कम्पनीले मर्मतको जिम्मा लिएको हुन्छ। यो सडक हामीलाई हस्तान्तरण भएको छैन। समग्रमा यो कालोपत्रेसँग म पनि सन्तुष्ट छैन।’  यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: