आज दिनभर मौसम सफा, बेलुकी हल्का बर्षा « Nagarik Khabar

आज दिनभर मौसम सफा, बेलुकी हल्का बर्षा



काठमाडौं । देशका विभिन्न भागमा बाद्ल लागेपनि काठमाडौ उपत्याकामा भने मौसम सफा रहने मौसमपूर्वानुमान शाखाले जनाएको छ । सो शाखाका अनुसार दिउँसो देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
हेरौ तीन दिनको मौसम सम्बन्धी विवरणः

बैशाख २५ गते (बुधवार)

दिउँसो देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ । राति देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

बैशाख २६ गते (विहिवार)

दिउँसो देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पूर्वी पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ।

बैशाख २७ गते (शुक्रवार)

दिउँसो देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: