चिट चोर्न नपाएपछि एक सय ६५ विद्यालयका सबै विद्यार्थी फेल « Nagarik Khabar

चिट चोर्न नपाएपछि एक सय ६५ विद्यालयका सबै विद्यार्थी फेल



एजेन्सी । भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टु परीक्षाको नतिजाबारे रोचक कुरा खुलेको छ ।

यो बोर्डअन्तरगतका एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षामा पास हुन सकेनन् । ३ सय ८८ विद्यालयको नतिजा त २० प्रतिशतभन्दा तल छ ।

२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु र २ सय ४९ वटा कलेज छन् ।

कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय छन् । १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज पनि समावेश छन् ।

युपी बोर्डका अनुसार परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू भएसँगै यस्तो नतिजा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: