प्रदेश दुईमा मापेससँगै लापसे जाँच « Nagarik Khabar

प्रदेश दुईमा मापेससँगै लापसे जाँच



पथलैया । प्रदेश दुईमा सवारी दुर्घटनाको एक कारण लागु पदार्थ सेवन (लापसे) रहेको पाइएपछि प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच अभियान चलाएको बताएको छ ।

लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि पथलैयास्थित कार्यालयले लापसे जाँच अभियान सुरु गरेको प्रवक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए । ट्राफिक कार्यालयले राजमार्गमा चल्ने सवारी चालकहरूको मूत्र परीक्षण सडकमा नै गर्न सुरु गरेको हो।

नेपालमा ’ड्रग युरिन टेस्ट किट’बाट सडकमै जाँच गरिएको यो पहिलो पटक भएको कार्यालयले दाबी गरेको छ। यो अभियानको केही दिनमै उपलब्धिमूलक साबित भएको प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले बताए। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: