उपयुक्त मौसमको पर्खाइमा सगरमाथाको उचाइ नाप्ने टोली « Nagarik Khabar

उपयुक्त मौसमको पर्खाइमा सगरमाथाको उचाइ नाप्ने टोली



काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ।

टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन् । उनीहरू अब आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन् ।

नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो । यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: