कपिलवस्तुमा सडक दुर्घटना, चालकको मृत्यु « Nagarik Khabar

कपिलवस्तुमा सडक दुर्घटना, चालकको मृत्यु



तौलिहवा । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

ट्रक चालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: