श्रीमानकै अगाडि सामूहिक बलात्कार, भिडियो भयो भाइरल « Nagarik Khabar

श्रीमानकै अगाडि सामूहिक बलात्कार, भिडियो भयो भाइरल



बिबिसी । राजस्थानको अलवर जिल्लामा एक समूहले बाटो छेकेर एक दलित दम्पत्ती (श्रीमान श्रीमती) लाई राके र उनीहरुलाई सुनसान स्थानमा लगे । उक्त समूहले श्रीमतीमाथि सामूहिक बलात्कार समेत गरे । श्रीमानमाथि निर्घात कुटपिट भयो । यस घटनाको भिडियो पनि भाइरल भएको छ ।

प्रहरीले यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरेको बताएको छ । थप चार जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । लापरवाही गरेको आरोपमा एसएचओ सरदार सिंहलाई समेत निलम्बन गरिएको छ ।

यस घटनालाई लिएर दलित संगठनले अलवरको थानामा प्रदर्शन गरेका छन् । संगठनका अनुसार लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखे । घटना अप्रिल २६ को हो ।

दलित संगठनका अनुसार पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत गरेनन् किनभने आरोपीले भिडियो भाइरल गरिदिने चेतावनी दिएका थिए । यद्यपी, पछि पैसा मागियो र भिडियो भाइरल बनाइयो ।

उक्त राज्यका पुलिस महानिर्देशक कपिल गर्गले घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिएका छन् ।

एक स्थानीयका अनुसर, पीडित महिला आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै महिलामाथि दुष्कर्म गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: