जेलभित्रै अन्धाधुन्द गोली प्रहार ७ कैदीको मृत्यु « Nagarik Khabar

जेलभित्रै अन्धाधुन्द गोली प्रहार ७ कैदीको मृत्यु



एजेन्सी । ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली प्रहार गर्दा ७ कैदीको मृत्यु भएको छ। राजधानी ग्वाटेमाला सिटीस्थित पाभोन जेलमा कैदीहरुबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले जेलभित्रै गोली प्रहार गर्नुपरेको थियो ।

प्रहरीको गोली लागेर अन्य २० जना घाइते भएका छन्। स्थितीलाई नियन्त्रणमा लिन उक्त जेलमा १५ सय सेना तथा प्रहरी खटाइएको थियो।

एक हजार कैदी राख्ने क्षमताको उक्त जेलमा ४ हजार कैदीहरु राखिएका छन्। अधिकारीहरुका अनुसार मंगलबार दुई कैदीको झडपले विभिन्न समूहबीच हिंस्रक झडपको अवस्था निम्तिएको थियो।

मंगलबार ८ घन्टासम्म जेलमा झडप भएको जनाइएको छ। १५ सयन सेना तथा परिचालन भएपछि भने अवस्था नियन्त्रणमा आएको हो। सोही जेलमा सन् २०१६ मा कैदीबीच झडपहुँदा १४ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: