किन बनेन बौद्ध–जोरपाटी–साँखु सडक ? (भिडियोसहित) « Nagarik Khabar

किन बनेन बौद्ध–जोरपाटी–साँखु सडक ? (भिडियोसहित)



काठमाडौं । संघीय सरकारले भौतिक निर्माणको कार्यलाई विशेष महत्त्व दिएको बताइरहेको छ । केही समयअघि निर्माणको जिम्मा लिने तर काम अघि नबढाउने ठेकेदारलाई पक्राउ गरेर आफ्नो भनाइलाई पुष्टि गर्न खोज्यो ।

तर, संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकाभित्र पर्ने बौद्ध–जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नतिको कार्य सुरु भएको चार वर्षसम्म पनि पूरा भएको छैन । उक्त काम चालु आर्थिक वर्षभित्र सम्पन्न हुने क्षण पनि छैन ।

लामो समयसम्म निर्माण कार्य भइरहेकाले यहाँको सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गर्दछ । जसबाट यहाँका बासिन्दा र यस सडक हुँदै यात्रा गर्ने यात्रुहरु आक्रान्त भएका छन् ।

चाबहिल–जोरपाटीसम्मको ३.६ किमी सडक स्तरोन्नतिका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो । त्यस्तै, बाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक बिस्तारका लागि २०७२ असोज १३ गते नै बज्रगुरु र च्याङ्मिलारखानी जेभीसँग सम्झौता भएको थियो । यसै सम्झौअनुसार सडकलाई २२ मिटर फराकिलो बनाउने काम सुरु भयो ।

तर, आफूहरुसँग समन्वय नै नगरी काम सुरु भएको भन्दै स्थानीयले विरोध गरे । जसले काम अवरुद्ध भयो । मुआब्जा विवाद र अदालतको आदेशका कारण सडक बिस्तार र निर्माणको कामले गति लिन सकेन ।

यसरी रोकिएको सडक बिस्तारको काम २०७५ साउनमा सरकारले उपलब्ध स्थानअनुसार नै कालपत्रे गर्न आदेश पाएपछि पुनः काम सुरु भयो । सरकारले मुआब्जाका लागि रकम नछुट्याएकाकाले समस्या कायमै रहेको आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए । यद्यपि, समस्याका समधानको पहल भइरहेको उनको भनाइ छ ।

निरन्तरको वर्षा, ढलको व्यवस्थापन। बिजुलीको पोल लगायतको समस्याले निर्माणले गति नलिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: