पूर्वसांसद एवं नयाँ शक्ति पार्टीकी नेतृ सीमा बिक नेकपामा प्रवेश « Nagarik Khabar

पूर्वसांसद एवं नयाँ शक्ति पार्टीकी नेतृ सीमा बिक नेकपामा प्रवेश



काठमाडौं । संघीय समाजवादी फोरमसंग नयाँ शक्ति पार्टीले एकता गरेपछि झण्डै दुइ दर्जन नेताले असन्तुष्टि जनाएका छन् । पूर्व सांसद एवं नयाँ शक्ति पार्टीकी नेतृ सीमा बिक प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेकी छन् । उनलाई नेकपा अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल लगायतले पार्टीमा स्वागत गरे ।
बुधवारनै पूर्वसभासद् कल्पना धमला, ज्ञानेन्द्र कुमाल, नेता देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायतले छुट्टै भेला गरेका छन्। भेलाले समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

भेलामा सहभागि नेता रामरिझन यादवले भने ‘हामीले बाबुराम जीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छौं । भूपू प्रधानमन्त्री भएको मान्छेले उपेन्द्र यादवबाट सपथ खानु हुँदैन्थ्यो । त्यसैले सच्चाउनका लागि ज्ञापनपत्र बुझाउने तयारी गरेका छौं ।’ भेलामा झण्डै दुई दर्जन नेता सहभागि भएको यादवले जानकारी दिए । स्रोतका अनुसार प्रमुख सत्तारुढ दलमा जिम्मेवारी पाउने अवस्थामा सामुहिक पार्टी प्रवेश गर्ने असन्तुष्ट नेताहरुको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: