सरकारको नीति तथा कार्यक्रममा राजनीतिक रंग बढी देखियो : डा. भट्टराई (भिडियोसहित) « Nagarik Khabar

सरकारको नीति तथा कार्यक्रममा राजनीतिक रंग बढी देखियो : डा. भट्टराई (भिडियोसहित)



काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रममा आर्थिकभन्दा पनि राजनीतिक रंग बढी देखिएको टिप्पणी गरेको छन् ।

बुधबार संघीय संसद अर्थ समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सरकारले पार्टीको हितभन्दा देशको हितमा रहेर नीति तथा कार्यक्रम बताउनुपर्ने बताए । मुलुक अझै पनि गरिबीको रेखामुनि रहेकाले सामाजिक संरचाना र दिगो विकासको लक्ष्य परिपूर्ति गर्न सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ।

सार्वजनिक खरिदसम्बन्धी स्पष्ट नीतिका साथै कानुन बनाउन आवश्यक रहेको डा. भट्टराईले औंल्याए । विगतमा गरिएका विभिन्न आयोजनाहरुको सम्झौता साथै गौरवका आयोजनाहरुको पनि एकपटक विश्लेषण गरेर आवश्यकता अनुसार निर्णय लिनुपर्नेमा उनको भनाइ छ ।

देशका आधा नागरिक कृषिमा निर्भर रहेकाले कृषिमुखी कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: