हैदरावादविरुद्धको टोलीमा पनि परेनन् सन्दीप « Nagarik Khabar

हैदरावादविरुद्धको टोलीमा पनि परेनन् सन्दीप



काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सनराइजर्स हैदरावादविरुद्धको इलिमिनेटर खेलमा पनि दिल्ली क्यापिटल्सको टोलीमा परेनन् ।

दिल्लीले सन्दीपविना हैदरावादविरुद्ध आफ्नो टोली उतारेको छ । सन्दीप पछिल्लो तीन खेल यता दिल्लीको टोलीमा परेका छैनन् । समूहगत चरणको खेलमा गत अप्रिल २८ तारिख रोयल च्यालेञ्जर्स बेङ्लोरविरुद्ध खेले यता सन्दीपले टोलीमा अवसर पाएका छैनन् ।

सो खेलमा सन्दीपले तीन ओभरमा बिनाविकेट ३६ रन दिएका थिए । त्यसपछि चेन्नाई सुपर किङ्स र राजस्थान रोयल्ससँग भएको दुवै खेलमा दिल्लीले सन्दीपलाई टोलीमा समावेश गरेको थिएन । विशखापट्नममा सुरु भएको खेलमा दिल्लीले टस जिती अहिले फिल्डिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: