बुटवलमा धमाधम जग्गाधनी प्रमाणपत्र वितरण « Nagarik Khabar

बुटवलमा धमाधम जग्गाधनी प्रमाणपत्र वितरण



रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मोतिपुर क्षेत्रका १ सय ५६ घरधुरीलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा पर्ने गाउँ ब्लकका जग्गालाई बुधबार उपमहानगरपालिकाले उक्त संख्यामा लालपुर्जा बितरण गरेको हो ।
नापी कार्यालय भैरहवाको एक प्राविधिक टोलीको सहयोगमा बुटवल वडा नं १७ का ५९ घरधुरी र वडा नं १८ का ९७ घरधुरीलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेको हो ।
लालपुर्जा पाउनेमध्यका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७का टंकनाथ ज्ञवाली र सोभावती थारुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले साविकका मोतिपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जाहेर गरे ।
नगरप्रमुख सुवेदीले धेरै बर्षदेखि भोगचलन गर्दै आएको जग्गामा पुर्ण स्वामित्वहुने गरि जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाई दिंदै औद्योगिक कोरीडोर र आसपासमा रहेका सबै अव्यवस्थित वस्तीलाई व्यवस्थीत बनाउन लागेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धीको आधार बनाएको भन्दै लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसंग जोडेर व्यवसायीक रुपमा सदुपयोग गर्न सक्नुपर्ने बताइन् । उपप्रमुख आचार्यले जग्गाको दुरुपयोग गरेमा धेरै कठीनाई पश्चात आएको जग्गाको स्वामीत्वको औचित्य नरहने बताईन् ।
बर्षौ देखि भोगचलन गर्दै आएको जग्गाको पुर्ण स्वामित्व पाएपछि बुटवल–१८ का मगरु थारुले आफूले चाहेअनुसार विक्रि गर्न र बैंकबाट क्रृण पाउन अव निकै सहज प्रतिक्रिया दिए । जग्गाको स्वामित्व आफूले पाएपछि निकै खुसी लागेको उनले बताए । उनले बुटवल उपमहानगरपालिका र नापी कार्यालयलाई धन्यवाद दिए ।
कार्यक्रममार्फत नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत अजित कुँवरले बर्षै देखि भोगचलन गर्दै आएको जग्गाको स्वामीत्व प्रदान गर्न सहयोग पु¥याउने सबै नगरप्रमुख सिवराज सुवेदी तथा सबै राजनीतिक दलहरुलाई धन्यबाद दिए ।
जग्गाधनि वितरण कार्यक्रममा वडा नं १७ र १८ का वडाध्यक्षद्वाय सन्तबहादुर राना र हुमनाथ आचार्य, नापी कार्यालयका पदाधीकारीलगायत जनप्रतिनिधी तथा स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: