चकचके विद्यार्थीलाई स्कुलमा निषेध ! « Nagarik Khabar

चकचके विद्यार्थीलाई स्कुलमा निषेध !



काठमाडौं । विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित भएको छ ।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले गु्रप’ मा भर्ना भएका थिए। यस वर्ष भने विद्यालयले पढाउन नमानेपछि अहिले परिवार समस्यामा छन्। बाबुले अर्कै श्रीमति लिएर गएपछि एक्लिएकी आमासँग बस्दै आएका तामाङको आर्थिक अवस्था कमजोर छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: