कति खान्छ पाटे बाघले ? « Nagarik Khabar

कति खान्छ पाटे बाघले ?



काठमाडौं । विश्वमै दुर्लभ पाटे बाघको संरक्षण गर्न बाघको आहाराबारे भन्ने अध्ययन सुरु भएको समाचार आजको गोरखापत्र दैनिकको पहलिो पृठमा छापिएको छ । उक्त अध्ययन नेपालमा पहिलो पटक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

यस्तो अध्ययन अफ्रिकाको घना जङ्गलमा रहने सिंह लगायत संरक्षित वन्यजन्तुको सहायताका लागि प्रायः भइरहन्छ । अन्यत्र भने यस्तो अध्ययन त्यति नभएको विभागको ठम्याइ छ ।

सन् २०१० मा बाघ पाइने १३ वटा देशको भेलाले सन् २०२२ सम्म बाघका सङ्ख्या दोब्बर पार्ने लक्ष्य लिएको थियो ।

हाल चितवन, बर्दिया र शुक्लाफाँटामा आहारा प्रजातिको घनत्व सन्तोषजनक अनुमान गरिएको छ । पर्सा भने अन्यत्रको तुलनामा बढी सुक्खा मानिन्छ ।

बाघको आहाराअन्तगर्त चित्तल, जरायो, रतुवा मृग, लगुना, बँदेल, बाँदर, नील गाई, गौरी गाई आदि पर्छन् । सन् २०१४ मा बाघ गणनाका बेला भएको अनुसन्धानले प्रतिवर्ग किलोमिटर क्षेत्रमा ६८ वटा जनावर रहेको देखाएको थियो । सन् २०१८ मा भएको बाघ गणनाको तथ्याङ्क अनुसार भने ६२ जनावर प्रतिवर्ग किलोमिटरको अवस्था देखाएको छ ।

“औसतमा एउटा बाघलाई हप्तामा ५० किलो मासु आवश्यक पर्छ,” राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछाने थप्नुभयो, “त्यो भनेको कम्तिमा एउटा चित्तल एकहप्तामा बाघले फेला पार्नुपर्छ ।”

यस आधारमा पाँच सय चित्तल भयो भने यसको दश प्रतिशत बाघले खाँदा पनि चित्तलको सङ्ख्यामा गिरावट आउने सम्भावना नहुने उहाँ बताउनुहुन्छ । कुन अवस्थामा छ भन्ने ठ्याक्कै आधार पत्ता लगाउन अध्ययन आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: