बिबिसी । अमेरिकाको तल्लो सदनको एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ।
गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कांग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता रोबर्ट म्युलरविरुद्ध दुर्लभ मानिने कदम उठाएको हो।
उक्त समितिमा रहेका २४ जना विपक्षी डेमोक्र्याट सांसदको मत प्रस्तावको पक्षमा परेको थियो। सत्तारूढ रिपब्लिकन पार्टीका १६ जना सांसद त्यसको विपक्षमा उभिएका थिए।
महान्यायाधिवक्ताले उक्त प्रतिवेदनको सम्पादन नगरिएको पूर्ण पाठ दिन अस्वीकार गरेपछि समितिले बिरलै लिने कदम उठाएको हो।
राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि कार्यकारी अधिकार प्रयोग गरेर प्रतिवेदनको पूर्ण पाठ प्रकाशनमा रोक लगाएका थिए।