भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा « Nagarik Khabar

भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा



भक्तपुर । भक्तपुर नगरपालिका–१, सल्लाघारीमा रहेको रानीपोखरीको चर्चा हुँदैन । रानीपोखरी काठमाडौंमा छ भनेर पढेर सुनेका धेरैलाई भक्तपुरमा पनि रानीपोखरी छ भनेर जानकारीसमेत छैन । तर, यहाँको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि जेठो हो । भक्तपुरको रानीपोखरी सेनाको घेराबन्दीमा छ ।

०४० सालमा पोखरी र आसपासको ३२ रोपनी जग्गा नेपाली सेनाले अधिग्रहण गरेपछि पोखरीको अस्तित्व नै संकटमा परेको छ । संरक्षण नहुँदा पोखरी पानीविहीनजस्तै छ । पोखरीको मध्यभागमा मात्रै पानी छ । अन्य ठाउँमा झारले ढपक्कै ढाकेको छ । पोखरीमा कसैले पानी नहालेको स्थानीय बताउँछन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

सेनाको घेराबन्दीमा रहेको पोखरीमा वार्षिक रूपमा स्थानीयले गर्ने देवाली पूजामा बाहेक ३५ वर्षदेखि सर्वसाधारणलाई प्रवेश गर्न र अवलोकन गर्न रोक लगाइएको छ । अहिले भने पोखरीको संरक्षण गर्नुुपर्ने आवाज उठेपछि जनप्रतिनिधि र संस्कृतिकर्मीले पुनर्निर्माणको पहल थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: