सुनिलको निर्देशनमा होस्टेल ब्याक अगेन, यस्तो छ कथा « Nagarik Khabar

सुनिलको निर्देशनमा होस्टेल ब्याक अगेन, यस्तो छ कथा



काठमाडौं । सुनिल रावलको निर्देशनमा फिल्म ‘होस्टेल ब्याक अगेन’ बन्ने भएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’को सिरिजको रुपमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुन लागेको हो ।

हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीको विषयलाई फिल्मको पर्दामा उतारिने बताइएको छ । फिल्मको कथा रावलको हो भने पटकथा, संवाद रायन राइजको रहनेछ ।

निर्माता रावलले ‘होस्टेल ब्याक अगेन’ बाट निर्देशनमा डेब्यु गर्नलागेका हुन् । फिल्मको हाल स्क्रिप्टको काम भइरहेको छ । कलाकार र फिल्मका अन्य विषयमा केही दिनमा जानकारी गराइने निर्देशक रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: