काठमाडौं । देशभर आज दिउसो मौसम सफा रहने भएपनि बेलुका भने केही देशका स्थानमा पानी पर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । ‘दिउँसो देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ’, शाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः
बैशाख २६ गते (विहिवार)
दिउँसो देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलि रही बाँकि भूभागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडी भेगका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
बैशाख २७ गते (शुक्रवार)
दिउँसो देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमी भूभागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
बैशाख २८ गते (शनिवार)
दिउँसो पूर्वी तथा मध्य भेग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।