आज न्यायलय बन्दः कानुन दिवस मनाईंदै « Nagarik Khabar

आज न्यायलय बन्दः कानुन दिवस मनाईंदै



काठमाडौं । नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ (आज) गते कानुन दिवस मनाउने गरिन्छ । कानुन दिवसको अवसरमा न्यायलयहरु सबै बन्द गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइदैछ ।

२००९ सालमा न्यायलय ऐन २००८ जारी भएपछि प्रधानन्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।

प्रधानन्यायालयनै २०१३ सालबाट सर्वोच्च अदालत ऐन आएपछि आजको सर्वोच्च अदालतको रुपमा रुपान्तरित भएको हो । कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई अलग गरेर प्रधानन्यायलयको स्थापना भएको दिन भएकाले आजको दिनलाई कानूनको क्षेत्रमा विशेष महत्व दिइन्छ ।

कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् । कानुन दिवसको अवसरमा आज जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतमा विदा दिइएको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतमा आज दिउँसो ३ वजे विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: