समाजवादी पार्टीमा तीन गुटः पदाधिकारीमा भागवण्डा « Nagarik Khabar

समाजवादी पार्टीमा तीन गुटः पदाधिकारीमा भागवण्डा



काठमाडौं । भर्खरै एकता भएको समाजवादी पार्टीभित्र गुट देखा परेको छ । नेकपा र कांग्रेसजस्ता ठूला दलको रोग समाजवादी पार्टीभित्र पनि भित्रिएको हो । एकताको तीनदिनपछि भएको पदाधिकारी चयनमा समेत तीन शीर्ष नेताहरुले भागबण्डा गरेर गुटलाई निरन्तरता दिएका छन् ।

पार्टी एकिकरण भएपछि गरिएको पदीय भागबण्डामै तीन गुट देखा परेको हो । अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पदाधिकारीमा आआफ्ना पक्षका नेताहरु राखेर भागबण्डा गरेपछि गुटले निर्माण भएको एक नेताले बताए ।

उनका अनुसार केन्द्रीय समितिको २५ सदस्यीय पदाधिकारीमा अध्यक्ष डा. भट्टराई समूहका नौजना परेका छन् भने बाँकी पदाधिकारीमा अध्यक्ष यादव र वरिष्ठ नेता राईले समूहका आठ–आठ जना परेका छन् । अध्यक्ष डा. भट्टराई समूहबाट उपाध्यक्ष नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी महासचिव गंगानारायण श्रेष्ठ, उपमहासचिव डम्बर खतिवडा, सचिवमा दुर्गा शोव, पर्शुराम बस्नेत र प्रशान्त सिंह पदाधिकारी चयन भएका छन् ।

त्यस्तै यादव समूहबाट उपाध्यक्ष युवराज कार्की, रेनुकुमारी यादव, लालबाबु राउत महासचिव रामसहायप्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहमद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । वरिष्ठ नेता राई समूहबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ,उपाध्यक्ष रकम चेम्जोङ, हेमराज राई,महासचिव रनध्वज कन्दङ्वा, उपमहासचिव दानबहादुर विश्वकर्मा र दुई सचिव पछि थप्ने गरी पदाधिकारी बाँडिएको छ । वर्तमान उप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री समेत रहेका यादवले डा. भट्टराई समूहलाई नौ जना पदाधिकारी दिएका हुन ।

समाजवादी पाटीत्रिको केन्द्रीय सदस्यहरुको संख्या पनि उत्तिकै जम्बो रहेको छ । कुल चार सय ३१ जना केन्द्रीय सदस्यमध्ये भट्टराई समूहका एक सय ५१ जना छन । त्यस्तै यादव र राईले यसअघिकै केन्द्रीय समिति कायम गरेका छन, जसमा यादव र राईको केन्द्रीय समितिमा ५०–५० प्रतिशतको हाराहारी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: