विवाहको ५०औं बर्षगाँठ मनाउँदै प्रचण्ड « Nagarik Khabar

विवाहको ५०औं बर्षगाँठ मनाउँदै प्रचण्ड



 

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विवाहको ५०औं वर्षगाठ मनाउने भएका छन् । प्रचण्ड निवास खुमलटारमा पारिवारिक कार्यक्रम गरेर प्रचण्डले विवाहको ५०औं वर्षगाँठ मनाउने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

पत्नी सीता दाहालको चाहनामा पारिवारिक कार्यक्रम गर्न लागिएको हो । प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । धार्मिक मान्यताअनुसार ५० वर्ष पुगेको अवसरमा औपचारिक कार्यक्रम गर्ने चलन छ ।
औपचारिक कार्यक्रममा नेकपाका केही नेता र प्रचण्ड परिवारका सदस्य सहभागी हुनेछन् ।

वर्षगाँठको कार्यक्रम नितान्त पारिवारिक रहने सचिवालयले जनाएको छ । सो कार्यक्रममा छोरी र नातीनातिनीहरुले केक काट्ने र शुभकामना दिने कार्यक्रम छ । त्यस्तै, पार्टीका केही नेताहरुले पनि बधाई र शुभकामना दिनेछन् । कार्यक्रम पारिवारिक भएकाले निम्तो गरिएकाबाहेकलाई प्रवेश नदिने सचिवालयले जनाएको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो ।

छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी सीता दाहाल अझै तंग्रिन सकेकी छैनन् । ज्योतिषीहरुको सल्लाहमा पत्नी सीतालाई हौसला दिन ५०औं वर्षगाँठको अवसरमा पारिवारिक कार्यक्रम गर्न लागेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: