सडक पिच गर्न माग गर्दै बौद्धमा विरोध प्रदर्शन (फोटो र भिडियोसहित) « Nagarik Khabar

सडक पिच गर्न माग गर्दै बौद्धमा विरोध प्रदर्शन (फोटो र भिडियोसहित)



काठमाडौं । चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्धका स्थानीय बासिन्दाहरुले यातायात अवरुद्ध पारेका छन् ।पाँच सयको संख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले आज बिहान ८ बजेदेखि गरेका आन्दोलनका कारण सडक अस्तव्यस्त भएको छ ।

अहिले सो क्षेत्रमा कुनै पनि सवारी साधान सञ्चालन भएका छैनन । आन्दोलनमा उत्रिएका स्थानीयवासीले तुरुन्तै सडक कालोपत्रे गर्न माग गरेका छन् । विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी आज विहानदेखि सडक अवरोध गरिरहेका छन् ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

भिडियो हेर्नुहोस्

 यो पनि हेर्नुहोस् 

किन बनेन बौद्ध–जोरपाटी–साँखु सडक ? (भिडियोसहित)

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: