रातो मच्छिन्द्रनाथको रथयात्रा गावहालमा (भिडियोसहित) « Nagarik Khabar

रातो मच्छिन्द्रनाथको रथयात्रा गावहालमा (भिडियोसहित)



काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार ललितपुरको गाबहाल पु¥याइएको छ । बुधबार पुल्चोकबाट सूरु गरिएको सो रथयात्रा गावहाल पु¥याइएको हो । रथयात्रा बिहिवार बेलुकीसम्म गावहाल पुग्नेछ ।

ललितपुरको गाबहालमा बिहिवार रातो मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको भीड लागेको थियो । घरघरबाट आएका नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजर्नर्कीतन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन ।

रथयात्रा आजै मंगलबजार हुँदै सन्धारा पु¥याइनेछ । सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ । लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्या अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदे भोज भतेर गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: