बजेटमा आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकको सुझाव (भिडियोसहित) « Nagarik Khabar

बजेटमा आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्न राष्ट्र बैंकको सुझाव (भिडियोसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा उनले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको बताए । मुलुकमा हाल ७ खर्ब ८७ अर्ब व्यापार घाटा रहेको छ । गभर्नर नेपालले रेमिट्यान्सको भर नपर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पुँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पुँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे । पुँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: