मकवानपुरमा डेढ किलो सुनसहित एक पक्राउ « Nagarik Khabar

मकवानपुरमा डेढ किलो सुनसहित एक पक्राउ



मकवानपुर । मकवानपुरबाट प्रहरीले डेढ किलो सुनसहित एक जनालाई पक्रेको छ । पूर्वपश्चिम राजमार्गको रातामाटेबाट भोजपुर षडानन्द नगरपालिका ४ स्थायी घर भएका किशोर ल्वागुन डेढ किलो सुनसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी ना ८ ख ३७९२ नम्बरको बसमा वीरगञ्ज तर्फ जाँदैं थिए ।

अवैध रुपमा सुन ओसार पसार गरेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईने प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले अवैध सुनको मुल्य झण्डै ८६ लाख रुपैयाँ रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: