कांग्रेस सांसद सिंहको सरकारलाई प्रश्न- किन कर्मचारी जथाभावी सरुवा गरेको ? « Nagarik Khabar

कांग्रेस सांसद सिंहको सरकारलाई प्रश्न- किन कर्मचारी जथाभावी सरुवा गरेको ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

कर्मचारीलाई दुई वर्षसम्म सरुवा गर्न नपाइने कानुनी व्यवस्थाको उल्लंघन भएको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘दुई वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उल्लंघन गरेको ?’

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै सांसद सिंहले सरकारले ऐन उल्लंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने दाबी गरे । उनले समितिमा छलफल भइरहेको सो विधेयक कर्मचारीहरुले आफुखुसी तयार पारेको देखिएको उल्लेख गर्दैै आपत्ति पनि जनाए ।

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिए । उनले कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने प्रष्ट्याए ।

मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धी कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: