काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थपिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाका अनुसार, अर्को व्यक्ति राजदूत नियुक्ति नभएसम्मका लागि कार्कीको कार्यकाल थप गरिएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।