अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थपियो « Nagarik Khabar

अमेरिकाका लागि नेपाली राजदूत कार्कीको कार्यकाल थपियो



काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थपिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाका अनुसार, अर्को व्यक्ति राजदूत नियुक्ति नभएसम्मका लागि कार्कीको कार्यकाल थप गरिएको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: