काँग्रेसमा महाधिवेशन सार्ने चलखेल शुरु भयो ! (भिडियोसहित) « Nagarik Khabar

काँग्रेसमा महाधिवेशन सार्ने चलखेल शुरु भयो ! (भिडियोसहित)



काठमाडौं । नेपाली काँग्रेसले बुधवारदेखि ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । तर अभियान शुरु भएकै दिनदेखिनै पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन सार्ने षडयन्त्र गरेको आरोप लागेको छ । प्रथम चरण अन्तर्गतको एकमहिने कार्यक्रमका लागि नेताहरु विभिन्न जिल्लामा पुगेका छन् ।
अभियान तल्लो तहसम्म पुर्याउने बताइएको छ तर तल्लो तहका पार्टीका संरचना क्रियाशिल छैनन् । अभियानमा नेपाली काँग्रेसले आफ्नो संगठन बलियो बनाउनुको साथै प्रमुख सत्तारुढ नेकपा नेतृत्वको कार्यशैलीको भण्डाफोर गर्ने जनाएको छ । जिल्ला तहसम्म गुटउपगुटमा विभाजन भएको नेपाली काँग्रेसका लागि जागरण अभियानले उर्जा दिन्छ ? काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अभियानसंगै महाधिवेशनको तयारी गर्नुपर्नेमा नेतृत्वले त्यसो नगरेको बताएका छन् । उनले अभियाननै सबैथोक हो भन्ने नेतृत्वको बुझाई गलत भएको बताए ।
नेपाली काँग्रेसका युवा नेता पौडेलले १० महिनाभित्र अधिवेशन गर्नुपर्नेमा नेतृत्वले त्यस अनुसार काम नगरेको बताए । तल्लो तहसम्म जाने भनिएपनि तल्लो तहमा पार्टीका संरचना नभएकाले कसरी काम गर्ने भन्ने प्रश्न उठेको भन्दै उनले पार्टीभित्र आफूहरुले फेरि पनि त्यसको उत्तर खोज्ने जानकारी दिए । प्रतिपक्षको रुपमा नेपाली काँग्रेसले एजेण्डा उठाएपनि निष्कर्षमा पुर्याउनका लागि कुनैपनि काम नगरेको भन्दै पौडेलले नेतृत्वको आलोचना गरे ।

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलसंग गरिएको कुराकानी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: