तनावग्रस्त बिहिवारको बौद्ध (फोटो र भिडियोसहित) « Nagarik Khabar

तनावग्रस्त बिहिवारको बौद्ध (फोटो र भिडियोसहित)



काठमाडौं । काठमाडौंको चुच्चेपाटी-बौद्ध-जोरपाटी सडकखण्डमा स्थानीयले गरेको आन्दोलन सहमतिपछि स्थगित भएको छ । काठमाडौं महानगरपालिका वडा नं ७ को वडा कार्यालयले निर्माणको जिम्मा पाएको युनाइटेड विल्डर्स र स्थानीयबीच सहमतिको पहल गर्यो । आईतवारदेखि चुच्चेपाटी-बौद्ध-जोरपाटी सडकमा कालोपत्रे गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको छ ।
स्थानीय व्यवसायीको अगुवाईमा बिहीवार बिहानदेखि सडक अवरोध गरेर प्रदर्शन भएको थियो । सडक मर्मत नभएको भन्दै स्थानीय र व्यवसायीले बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेपछि बौद्ध क्षेत्र झण्डै दुई घन्टा तनावग्रस्त भयो ।
प्रदर्शनकारीले सडकमा टायर बालेर आन्दोलन गरे । प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि बौद्ध क्षेत्र झन तनाव भय बन्यो ।
सम्झौतापत्र


चुच्चेपाटी-बौद्ध-जोरपाटी सडक कालोपत्रे नहुँदा स्थानीयको आक्रोश

निर्माणको जिम्मा पाएको युनाइटेड विल्डर्सले सरकारले समन्वय नगर्दा काम गर्न समस्या भएको जनाएको छ ।
विल्डर्सका प्रमुख सकुन्तलाल हिराचन


काठमाडौं महानगरपालिकाको वडा नं ७ का वडाध्यक्ष दीपेन्द्र लामाले प्रष्ट योजनाको अभावमा निर्माणमा विभिन्न खालका अवरोध आएको बताए । उनले आफू वडाध्यक्ष भएपछि पहल गरेपनि विभिन्न अवरोधले सफल नभएको गुनासो गरे ।
वडाध्यक्ष लामा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: