प्रधानमन्त्री ओलीले पदको मर्यादा कायम राख्न नसकेको कांग्रेसको दाबी « Nagarik Khabar

प्रधानमन्त्री ओलीले पदको मर्यादा कायम राख्न नसकेको कांग्रेसको दाबी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादालाई कायम राख्न नसकेको दाबी गरेको छ ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको टिप्पणी गरे । बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तर्वार्ताहरुमा आमनागरिक, संसद र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दावी गरे ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बैशाख २४ गते मंगलबार दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै आपत्ति जनाए । उनले ‘गैरसंसदीय भाषा’ डिलिट गर्ने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए÷नभएको ठण्डा दिमागले सोच्न पनि निधिले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले बैशाख २४ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिमा गैरसंसदीय भाषा प्रयोग गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: