काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्विवाहको कार्यक्रम पत्नी सीता दाहालको इच्छाअनुसार गरिएको बताएका छन् ।
पुनर्विवाह समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘पत्नी सीताको निम्ति माया, प्रेम र हौसलाको आवश्यकता छ । अघिल्लो वर्षदेखिनै सीताले अर्को वर्ष हाम्रो विवाह भएको ५० वर्ष पुग्छ । परम्रागत ढंगले विवाह गर्ने भन्ने उनको प्रस्ताव थियो । यो आविष्कार मेरो होइन ।’
आफूले पनि चिकित्सकसंग परामर्स गर्दा यस्तो कार्यक्रमले पत्नी सीताको स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने भनेकाले ५०औं वर्षगाँठको अवसरमा पुनर्विवाह आयोजना गरिएको प्रचण्डले बताए । आजको कार्यक्रमले पत्नी सीताको मनोवल उच्च भएको उनले जानकारी दिए ।