‘महेन्द्रले प्रयोग गरेको जय नेपाल प्रयोग गर्ने कांग्रेसले मेरो सरकारको विरोध गर्ने ? ‘ (भिडियोसहित) « Nagarik Khabar

‘महेन्द्रले प्रयोग गरेको जय नेपाल प्रयोग गर्ने कांग्रेसले मेरो सरकारको विरोध गर्ने ? ‘ (भिडियोसहित)



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निहँु खोज्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मन्त्री बास्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको ‘जय नेपाल’ भन्ने कांग्रेसले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बहसको विषय बनाउन नमिल्ने जिकिर गरे ।

उनले बिहीबार मन्त्रीपरिषद बैठकका निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले जय नेपाल महेन्द्रले २०१७ सालमा प्रयोग गरेको उल्लेख गर्दै त्यसलाई किन कांग्रेसले नछाडेको ? भनी प्रश्न समेत गरे । मन्त्री बास्कोटाले वीपी चीनमा जाँदा ‘मेरो सरकार’, ‘मेरो देश’ भनेको स्मरण गराउँदै साना शब्दलाई समातेर सरकारसँग निहुँ नखोज्न आग्रह गरे । ‘यो सबैको सरकारको हो,’ उनले भने, ‘तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो, राष्ट्रपतिको पनि सरकार हो ।’

मन्त्री बास्कोटाले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच वाद, विवाद र प्रतिवाद हुने कुरालाई सामान्य रुपमा लिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले प्रमुख प्रतिपक्ष कांग्रेससँगको सम्बन्ध नबिग्रिएको र अब बस्ने संसद बैठक विनाअवरोध अघि बढ्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: