बहराइनमा बुद्ध जयन्ती मनाउने तयारी « Nagarik Khabar

बहराइनमा बुद्ध जयन्ती मनाउने तयारी



बहराइन । नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रमुख आयोजना र बहराइनमा क्रियाशील छ जातीय संस्थाहरुको सहअायाेजनामा २५६३औं बुद्ध जयन्ती मनाइने भएको छ ।

बहराइनस्थित नेपाल मगर संघ, तमु समाज, किराँत याक्थुङ चुम्लुङ, बहराइन तामाङ सेवा समाज, किराँत राई यायोक्खा र शेर्पा किदुगको सहआयोजना १७ मे २०१९ शुक्रबारका दिन बुद्ध जयन्ती मनाइने भएको हो ।

बिश्व शान्तिको अग्रदुत, एसियाको तारा महामानव गौतम बुद्धको २५६३औं जन्म जयन्ती लामा पाठपूजा आराधना गरी मनाइने अध्यक्ष झहरमान थेबेले बताउनुभयो ।

उक्त अवसरमा बहराइनवासी सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपालीहरुलाई यस शुभकार्यमा गरिमामय उपस्थिति भइ प्रार्थनाको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनका लागि राजदूत पदम सुन्दासलगायत राजदुतावास परिवार, जातीय, क्षेत्रीय, बैचारिक सामाजिक संघ संगठन तथा समाजसेवीहरुको उपस्थिति रहने धार्मिक कार्यक्रममा बुद्ध नेपालमा जन्मिएका हुन संदेश प्रवाह गर्ने लक्ष रहेको जनाएको छ ।

कार्यक्रम ब्लुमुन नेपाली रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजेदेखि लामा पाठ गरी भब्य रुपमा मनाउन अन्तिम तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: