कारागारभित्रैबाट निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की « Nagarik Khabar

कारागारभित्रैबाट निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की



काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचार आजको नयाँ पत्रिका दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: