दिउँसो सफा,साँझ पानी पर्ने संभावना ! « Nagarik Khabar

दिउँसो सफा,साँझ पानी पर्ने संभावना !



काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यका लगायत देशभरको मौसम सफा रहने भएपनि राती देशका विभिन्न भागमा हल्का बर्षा हुने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाले जनाए अनुसार देशको पश्चिमी भूभाग लगायत पूर्वी तथा मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पूर्वी तथा पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

वैशाख २७ गते (शुक्रवार)

दिउँसो देशको पश्चिमी भूभाग लगायत पूर्वी तथा मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पूर्वी तथा पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख २८ गते (शनिवार)

दिउँसो पूर्वी तथा मध्य भेग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि रहने सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (आईतवार)

दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा रहने सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: