बार अध्यक्षलाई न्यायपरिषद सदस्यले ‘तँलाई’देखाइदिन्छु भनेपछि… « Nagarik Khabar

बार अध्यक्षलाई न्यायपरिषद सदस्यले ‘तँलाई’देखाइदिन्छु भनेपछि…



काठमाडौं । सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा बिहीबार चियापान कार्यक्रम आयोजना ग‍र्यो । राष्ट्रपतिदेखि उच्चपदस्थ अधिकारीहरु चियापानमा सहभागी भए। कार्यक्रम सकिनै लागेका बेला न्यायपरिषदका सदस्य र नेपाल बार एसोसिएसनका अध्यक्षबीच चर्काचर्की सुरु भयो। चियापानको विषयलाई लिएर भने चर्काचर्की भएको होइन।

दुई महिनाअघि परिषद्ले सर्वोच्च र उच्च अदालतका लागि गरेको न्यायाधीश नियुक्ति सिफारिस विषयलाई लिएर उनीहरूबीच भनाभन भएको होे। उक्त विषयलाई लिएर गालीगलौजमा उत्रिए परिषद्का सदस्य रामप्रसाद सिटौला र नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ।

परिषद् सदस्य सिटौलाले बार अध्यक्ष श्रेष्ठलाई भेटेपछि आक्रमक शैलीमा सोधे, ‘तपाईले के पत्र पठाउनु भएको मलाई ?’ बार अध्यक्ष श्रेष्ठले उसैगरी उत्तर दिए, ‘कस्तो पठाएको हेर्नु भएन ?’ सिटौलाले ‘मेरो बारसँग नाता टुटिसक्यो’ भन्ने उत्तर दिए।

श्रेष्ठले भने, ‘तपाईले त्यसो भन्न पाउनु हुन्न। पत्र बारले पठाएको हो। ‘जथाभाबी नियुक्ति गर्नुभएको छ। न्यायालयको मर्यादामा रहनु पर्दैन।’ दुवैमा रिसको पारो चढ्दै गयो। सिटौलाले झन् आक्रमक बन्दै भने, ‘तैंले सिकाउनु पर्दैन। तँलाई देखाइदिन्छु। तेरो पत्र मैले …।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: