काठमाडौंमा भेटियो हैजा « Nagarik Khabar

काठमाडौंमा भेटियो हैजा



काठमाडौं । हैजा प्रमाणित भएको घरको पानीमा दिसामा हुने किटाणु ‘कोलिफर्म’ पर्याप्त रुपमा रहेको पाइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका काठमाडौं महानगरपालिका वडा नम्बर १३ का ४५ वर्षीय एक पुरुषमा हैजा भएको थियो। उनको दिसा परीक्षण गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हैजाको किटाणु ‘भिब्रियो कलेरा’ फेला परेको जनाइएको छ।

घटना सार्वजनिक भएको भोलिपल्टै सोमबार राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली स्थलगत अध्ययनको लागि पुगेको थियो। अध्ययनको क्रममा प्रभावित व्यक्ति निको भइसकेको, उनको परिवारका अन्य सदस्यमा हैजा नभएको र टोलमा समेत समस्या नभएको महाशाखाले जनाएको छ।

प्रयोगशालाले प्रभावित व्यक्तिको घरबाट तीनवटा पानीको नमुना लिएका थिए। तीन वटै नमुना पानीमा कोलिफर्म पाइएको महाशाखाले जनाएको छ। प्रयोगशालामा परीक्षण गर्ने क्रममा कोलिफर्म प्रमाणित भएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: