धनकुटामा सांसदहरुलाई कालो झण्डा « Nagarik Khabar

धनकुटामा सांसदहरुलाई कालो झण्डा



धनकुटा । धनकुटालाई राजधानी नबनाएको विरोधमा धनकुटामा आफ्नै प्रदेशसभाका सांसदलाई कालो झण्डा देखाएका छन ।

धनकुटा राजधानी बनाउने प्रस्ताव फिर्ता लिई विराटनगरलाई मतदान गरेको भन्दै आज धनकुटामा प्रदेश सभाका सांसदहरुलाई कालो झण्डा देखाएका हुन ।

सम्वाद समुहको कार्यक्रमका लागी धनकुटामा आएको प्रदेश सभाका सांसदहरुलाई धनकुटा राजधानी बचाउ समिति र प्रादेशिक राजधानी अभियान समितिले धनकुटाको मदनचौकमा कालो झण्डा देखाएर विरोध गरेका छन ।

सो अवसरमा प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, निरन राई, लिला सुब्बा, कुसुमकुमारी श्रेष्ठ हुनुहुन्थ्यो । सम्वाद समुहले धनकुटामा आयोजना गरेको कार्यक्रमकमा सहभागी सांसदहरुले केन्द्रीय पार्टीको ह्विपले गर्दा विराटनगरलाई मतदान गर्न बाध्य बनाएकोले अब धनकुटाको विकास समृद्धिमा सक्रियपूर्वक लाग्ने र धनकुटालाई बचाउन सशक्त ढंगले लाग्ने बताउनुभयो ।

सुनसरी र धनकुटाको सम्वाद समुहबाट संचालन भएको कार्यक्रममा धनकुटा प्रादेशिक राजधानी अभियान समिति र धनकुटा बचाउ समितिका अभियन्ताहरुले धनकुटालाई राजधानी बनाउन माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: